अर्थ / वाणिज्य

एभरेष्ट बैंकले मानव सेवा आश्रम गोरखालाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्‍यो

२२ भाद्र २०८०, शुक्रबार ०८:१३
एभरेष्ट बैंकले मानव सेवा आश्रम गोरखालाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्‍यो

काठमाडौँ।  एभरेष्ट बैंक लिमिटेडले बैंकले गोरखामा आयोजित एक विशेष कार्यक्रमकाबीच मानव सेवा आश्रम गोरखालाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बैंकको यस सहयोगबाट आश्रममा आश्रित बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा अति कमजोर सडक आश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण र पालनपोषणमा थप टेवा पुग्ने बताए।

साथै आश्रमका गण्डकी प्रदेशका संयोजक लामाले एभरेष्ट बैंकको यो सहयोगले आश्रममा आश्रित सम्पूर्ण मानवहरुले अझ सुलभ सेवा लाभ लिन सक्ने कुरा उल्लेख गर्नुका साथै बैंक प्रति कृतज्ञता समेत प्रकट गरिन्।

सो कार्यक्रममा बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बैंकका गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक सुधिर गौतम, बैंकका गोरखा शाखाका शाखा प्रबन्धक सन्दिप खत्री र आश्रमका संयोजक इश्वर काजी मास्केको समेत उपस्थिति थियो।

बैंकले हाल नेपालभर रहेको आफ्नो १२७ शाखा कार्यालय, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्