जीवनशैली

के तपाईंले बाटोमा भेटेको पैसा टिप्नु भएको छ ? यस्तो छ धार्मिक कारण

२७ मंसिर २०७८, सोमबार १६:२५
के तपाईंले बाटोमा भेटेको पैसा टिप्नु भएको छ ? यस्तो छ धार्मिक कारण

काठमाडौं । अक्सर बाटोमा हिड्दा हिड्दै पैसा भेट्नु भएको छ । टिप्नु पनि भएको होला ? यस्तो पैसा भेट्नुलाई कतिले शुभ र कतिपयले अशुभको रुपमा लिने गरेका छन् । भेटिएको पैसालाई कसैले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने गरेका छन् ।

कतिपयले भेटिएको पैसा खर्च गर्न नहुने भन्दै धार्मिक स्थलमा दिने वा धार्मिक काम गर्ने गरेका छन् भने केहीले भेटिएको पैसा दान दिने गरेका छन् ।

यसर्थ अप्रत्याशित रुपमा पाइने पैसा अर्थात धनलाई लक्ष्मीको रुप ठानेर राम्रो मानिने गरिन्छ । तसर्थ केहिले बाटोमा भेटिएको पैसालाई लक्ष्मी कृपा मान्दछन् ।

बाटोमा भेटिएको पैसालाई के गर्ने ?
यदि बाटोमा हिड्दा बाटोमा पैसा भेटियो भने मानवियता र ब्यवहारीकताका आधारमा जसले त्यो पैसा हरायो त्यसको खोजि गरी भेटेर फर्काउनु परोकार हुन्छ । जुन पैसा आफ्नो होइन त्यसबारे लोभ पाल्नु उपयुक्त हुदैन । यदि हराउने ब्यक्तिको पहिचान गर्न सकिएन भने यसको जानकारी सामाजिक सञ्जाल लगायत अन्य माध्यमबाट दिएर उसलाई फर्काउने प्रयाश गर्न सकिन्छ ।

हिन्दू धर्म दर्शनको मान्यता अनुसार सिक्का पैसा भेट्नु र नोट भेट्नुका फरक फरक अर्थ रहेका छन् ।

  • जमिनमा फेला परेको सिक्का पैसाको सम्बन्ध आध्यात्मिकतासँग छ ।
  • प्रतिकात्मक रुपमा कुरा गर्ने हो भने धनको अर्थ शक्ति, सत्ता र मूल्यसँग छ ।
  • जो व्यक्तिले भेटिएको सिक्का आफ्ना हातमा लिन्छ उसको शरीरको उर्जा त्यस सिक्काको माध्मबाट अर्को व्यक्तिसम्म पुग्छ । एक बाट अर्कोमा यो श्रृंखला बढ्दै जान्छ ।
  • हरेक व्यक्तिको उर्जा त्यस सिक्कामा पुग्ने गर्छ । र विस्तारै विस्तारै मानिसको उर्जा त्यस सिक्कामा संग्रह हुँदै जान्छ ।
  • चीनमा सिक्कालाई किनमेलको बस्तुमात्र नभएर गुडलकको रुपमा पनि हेरिन्छ भने, नेपाल र भारतमा धनलाई लक्ष्मीसँग जोडेर पनि हेरिने गरिएको छ । यसर्थ अप्रत्याशित रुपमा पाइने पैसालाई राम्रो मानिने गरिएको छ ।
  • यसको सम्बन्ध परलौकिक शक्तिकासाथ पनि छ । सिक्काको माध्यमबाट तपाईलाई यस्तो जानकारी दिन चाहन्छ कि तपाई स्वयंलाई कम नआक्नुहोस् ।
  • यदी तपाईले आफ्नो आत्मविश्वास गुमाउनु भएको छ भने त्यसलाई जीवित गर्ने कोसिस गर्नु भन्ने संकत प्रदान गर्छ ।

प्रतिक्रिया दिनुहोस्