२२ भदौ, काठमाडौँ । सरकारले निजामती सेवाका ४० जना कर्मचारीलाई आज पुरस्कृत गर्दैछ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवा दिवसको अवसर पारेर ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
१० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिइन लागेकाे हाे। विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको थियाे।
हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन्। दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ।