जीवनशैली

घरमा साङ्लाले सताएर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी घरेलु उपाय

२७ मंसिर २०७८, सोमबार १६:०४
घरमा साङ्लाले सताएर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी घरेलु उपाय

काठमाडौं । के तपाइको घरमा साङ्ला सताएर हैरान हुनुहुन्छ । अब चिन्ता नालिनिहोस् हामीले यसको सरल उपाए तपाईलाई दिदै छौं ।सामान्यतया घरमा ओसको मात्रा बढी हुँदा साङ्लाहरुलाई रहन वा बच्न सहज हुन्छ ।

गर्मी सिजन सुरु भएपछि यसैपनि खानपानमा सर्तकता अपनाउनुपर्छ । खानेकुरा चाँडै सड्ने गर्छ । त्यसमथि झिँगा र साङ्लाले खानेकुरा दूषित बनाइदिन्छ । झिँगा त नियन्त्रण गर्न सकिन्छ तर साङ्ला फैलिएपछि नियन्त्रण गर्न गाह्रो हुन्छ ।

साङ्लाहरुको आवास भनेकै भान्साको आसपास खाने कुरा भएको ठाउमा नै हुने गर्दछ । बजारमा साङ्ला भगाउन भनौ या मार्नका लागि बजारमा अनेक तरहका रसायनिक औषधि पाइन्छन् । तर, यी औषधीहरु स्वास्थ्यका लागि हानिकारक हुन्छन् । यदि घरमा साना बच्चा छन् भने रासायनिक औषधि होइन, घरेलु उपाय नै अपनाउनु बुद्धिमतापूर्ण कार्य हुन्छ ।

 साङ्लाबाट कसरी बच्ने ?

  • ल्वाङको गन्ध पनि साङ्लालाई मन पर्दैन । साङ्ला आउने ठाउँमा ल्वाङका कल्लीहरू राख्नुस् ।
  • मट्टीतेल, नीम, पुदीना र कफीले पनि साङ्लालाई भगाइदिन्छन् ।
  • साङ्लोबाट मुक्ति पाउने पहिलो उपाय भनेको घरको सरसफाई हो । सफा र उज्यालो स्थान यसको लागि अनुकूल हुँदैन ।
  • एउटा कचौरामा बराबर मात्रामा बेकिङ पाउडर र चिनी मिसाउनुस् । अब त्यसमा पानी हाल्नुस् । त्यसपछि यो मिश्रणलाई साङ्ला भएका ठाउँमा छर्किनुस् । चिनीको मिठासले उनीहरूलाई लोभ्याउँछ अनि बेकिङ पाउडरले मारिदिन्छ ।
  • खानाको स्वाद बढाउन प्रयोग हुने तेजपातको गन्ध साङ्लालाई पटक्कै मन पर्दैन । त्यसैले साङ्ला जम्मा हुने ठाउँमा तेजपात पिँधेर राखिदिनुस् । यसो गर्दा साङ्लाहरू भाग्छन् । तेजपातको गन्ध हराएपछि नयाँ तेजपात राख्नुस् ।

प्रतिक्रिया दिनुहोस्