समाचार

जी टिभीकी पत्रकार एन्जिना ठगी आरोपमा पक्राउ

२७ मंसिर २०७८, सोमबार १५:३९
जी टिभीकी पत्रकार एन्जिना ठगी आरोपमा पक्राउ

२७ मंसिर, काठमाडौं । पत्रकारको परिचय बोकेर सहकारी लगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको आरोपमा एन्जीना कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

एन्जिना लामो समय देखि पत्रकारितामा थिइन् । कार्कीले तीन वर्ष तराइ टेलिभिजनमा र त्यसपछि हिमाललय टेलिभिजनमा काम गरेकी थिईन । अहिले भने भारतको जी टिभीमा नेपालबाट सम्वाददाताको रुपमा काम गर्दै आएकी थिइन् । उनले केही दिनअघि मात्रै जी टिभीबाट विश्राम लिएकी हुन् ।

पक्रउपछि एन्जिना कार्कीलाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा राखिएको र अनुसन्धान जारी रहेको छ । कार्कीका विरुद्ध मंसिर २१ गते १५ लाख ठगि गरेको भन्दै ज्ञानेन्द्र शर्माले उजुरी दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्