खेलकुद

ब्रिटिश कलेज बन्यो ‘तेस्रो द ब्रिटिस कप २०२२’ प्रतियोगिताको उपाधि विजेता

२१ भाद्र २०८०, बिहीबार ०६:१६
ब्रिटिश कलेज बन्यो ‘तेस्रो द ब्रिटिस कप २०२२’ प्रतियोगिताको उपाधि विजेता

काठमाडौँ । द ब्रिटिस कलेजको आयोजनामा ‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल टोर्नामेन्ट कार्यक्रम सम्पन्न भएको छ।उक्त टोर्नामेन्टमा काठमाडौंका विभिन्न १३ वटा कलेजहरूबीच फुटसल प्रतियोगिता भएको थियो।

खेलको फाइनल राउण्डमा ब्रिटिस र एपेक्स कलेजबीच प्रतिस्पर्धा भएको थियो। शुक्रबार भएको यी दुई कलेजबीचको फाइनल खेलमा ब्रिटिस कलेजले एपेक्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको छ। निर्धारित समयमा यी दुई कलेजबीचको खेल एकएक गोलमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।

विजेता टोली द ब्रिटिस कलेज ब्लु टिमले एक लाख नगद पुरस्कार जितेको छ। उप-विजेता एपेक्स कलेजले पचास हजार नगद पुरस्कार जितेको छ।

टोर्नामेन्टको उत्कृष्ट खेलाडी कप्तान अर्जुन श्रेष्ठ भए भने उत्कृष्ट गोलरक्षक नोवा हाङ लिम्बु भए। उनीहरू दुवैले १० हजार नगद जिते। द ब्रिटिस कलेजका प्रबन्ध निर्देशक महेन्द्रराज कँडेलले भने, ‘हाम्रो विद्यार्थीहरूले टोर्नामेन्टमा सहभागी मात्रै भएनन्, टोर्नामेन्ट जित्न पनि सफल भए। उक्त सफलता प्रति हामी गर्व गछौं।’

दुई वर्ष कोरोना महामारीका कारण यो प्रतियोगिता हुन सकेको थिएन। यो प्रतियोगिताको मुख्य प्रायोजक ब्रिटिस अमेरिकन एडुकेयर थियो। त्यस्तै अन्यमा एयरलाइन्स पार्टनरः टर्किस एयरलाइन्स, ट्राभल पार्टनर स्वा ट्राभल्स, होलिडे ट्राभल्स, सिनेमा पार्टनर, क्युएफएक्स, हस्पिटालिटी पार्टनर, मोजो बुटिक होटल र मेडिकल पार्टनर भयोदा हस्पिटल प्रायोजक थिए। प्रतियोगिताको साइनेज पार्टर ब्राइट एलइडी थियो भने सहयोगी पार्टनर कता खेल्ने थियो।

सो कार्यक्रममा ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टवेरिका, प्राइम, एपेक्स, आइआइएमएस, सिल्भर माउन्टेन, पिसिपिएस कलेज, एस इन्टरनेसनल, थेम्स कलेज, क्याम्पियन कलेज, कुसोम, द ब्रिटिस प्रोफेसनल कलेजले प्रतियोगितामा भाग लिएका थिए।

प्रतिक्रिया दिनुहोस्