मुख्य समाचार

खुकुरी प्रहारबाट घाइते कांग्रेस नेता यादव आईसीयूमा

२० भाद्र २०८०, बुधबार १५:१४
खुकुरी प्रहारबाट घाइते कांग्रेस नेता यादव आईसीयूमा

२० भदौ, काठमाडौं। खुकुरी प्रहारबाट घाइते नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादव राष्ट्रिय ट्रमा सेन्टरको आईसीयूमा भर्ना भएका छन्।

संघले आज गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । नेविसंघले काठमाडौं मीनभवनस्थित नेपाल कमर्श क्याम्पसमा गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेको हो ।

भृकुटिमण्डपमा बुधबार खुकुरी प्रहारबाट घाइते भएका उनलाई २:२० बजे ट्रमा सेन्टर पुर्‍याइएको थियो। कांग्रेस सहमहामन्त्री यादवमाथि रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रमबाट बाहिरिएपछि खुकुरी प्रहार भएको थियो ।

उनलाई नुवाकोटको विदुर नगरपालिका- ७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेको र उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए । ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजालका अनुसार अस्पताा ल्याउँदा यादवको टाउकोको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएको र त्यसका कारण गहिरो घाउ भई रक्तश्राव भएको पाइएको थियो।

टाउकोको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएको र त्यसका कारण गहिरो घाउ भई रक्तश्राव भएको अस्पतालले जनाएको छ।

टाउकोको सीटी स्क्यान गर्दा हाल कुनै पनि आन्तरिक चोट नदेखिएको ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजालले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्