२० भदौ, काठमाडौं। नेपालमा आधुनिक आईभीएफको जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आईभीएफ ७औं वर्षमा प्रवेश गरेको छ। ३ हजार भन्दा बढी दम्पतीलाई आईभीएफ विधिमार्फत सन्तान प्राप्तिको खुसी दिइसकेको छ।
हरेक महिना करिब ६० देखि ७० प्रतिशतसम्मको आईभीएफ सफलता दर निरन्तर हासिल गर्दै आएको यस क्लिनिकमा अहिलेसम्म ७ हजार भन्दा बढी दम्पतीले सन्तान लाभ (३००० भन्दा बढी आईभीएफ, १८०० भन्दा बढी आइयूआई, २२०० भन्दा बढी नेचुरल प्रेग्नेन्सी) गरिसकेको कम्पनीले जनाएको छ।
‘नि:सन्तान दम्पतीको यात्रा मानसिक, आर्थिक, मनोवैज्ञानिक,सामाजिक जस्ता विभिन्न तनावले भरिएको हुन्छ त्यसैले उपचारको अवधिमा आधुनिक पद्दतिसँगै पारिवारिक वातावरण र सहजता जस्ता विशिष्ट अनुभव प्रदान गर्दा उच्च सफलता हासिल भएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘क्लिनिक भित्रको सकारात्मक ऊर्जाले नै सफलता पाउँछु भन्ने विश्वास जाग्छ भन्ने अनुभव कैयौं सेवाग्राहीहरु व्यक्त गर्नुहुन्छ त्यसैले नेपालबाहेक पाकिस्तान, अमेरिका, जापान, अष्ट्रेलिया जस्ता अन्य मुलुकबाट पनि सेवाग्राहीहरु आउने गरेका छन् र सफलता प्राप्त गरेका छन्।’
आधुनिक उपचारसँग सम्बन्धित मिथ्या कुराहरुबारे जनचेतना जगाउने र उच्च आईभीएफ. सफलता दर प्रदान गर्ने भएका कारण नै यसले छोटो समयमा ठूलो फड्का मार्दै आफ्नो सेवा नक्साल हुँदै भक्तपुर र नेपालगंजमा पनि विस्तार गरिसकेको छ। आगामी दिनमा आफ्नो शाखाहरु अन्य प्रमुख सहरहरुमा पनि विस्तार गर्ने योजना रहेको कम्पनीका कार्यकारी प्रमुख प्रशान्त सुवेदीले बताए।