२० भदौ, काठमाडौँ । श्रीलंकाले अफगानिस्तानविरुद्ध मंगलबार दुई रनको रोमाञ्चक जित निकालेसँगै एसिया कप–२०२३ को सुपर फोर समीकरण पूरा भएको छ ।
पाकिस्तानको गद्दाफी रंगशालामा सम्पन्न खेलमा श्रीलंकाले अफगानिस्तानसामु २९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सुपर फोरमा प्रवेशका लागि अफगानिस्तानले यो लक्ष्य ३७.१ ओभरमा भेट्टाउनु पर्ने समीकरण बनेको थियो ।
सोहीअनुरुप आक्रामक ब्याटिङ गरे पनि अफगानिस्तानले ३७.४ ओभरमा सबै विकेट गुमाएर २८९ रनमात्र बनाउन सक्यो । रोमाञ्चक खेलमा अफगानिस्तानविरुद्धको यो जितसँगै श्रीलंका समूह ‘बी’बाट शीर्ष स्थानमा रहँदै सुपर फोरमा प्रवेश गरेको हो ।