प्रदेश

एमाले लुम्बिनी प्रदेश अध्यक्षमा विष्णु पौडेल पक्षका कँंडेल विजयी

२० भाद्र २०८०, बुधबार ०३:१६
एमाले लुम्बिनी प्रदेश अध्यक्षमा विष्णु पौडेल पक्षका कँंडेल विजयी

२० भदौ, रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् ।

बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा मंगलवार राति सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै कँंडेल विजयी भएका हुन् ।

मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् ।विजयी कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका छन्। पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ ।

यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो ।त्यस्तै गरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी भएका छन् । उनीसँगै रुपन्देहीका विश्वराज बरालले ३०६, बाँकेका पूजन विश्वकर्माले ९८, रुकुमका शान्त कुमार वलीले ५६ मत ल्याएका थिए । उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित भएका छन् । उनीसँग दुर्गाप्रसाद थारू चौधरीले ३९३, उपेन्द्रलाल कामीले ११० मत ल्याएका थिए ।

सचिवमा कँडेल प्यानलकै दाङका लक्ष्मण आचार्य निर्विरोध भएका थिए । त्यस्तैगरी उपसचिवमा पुरुषतर्फ रोल्पाका पूर्ण बुढा मगर निर्वाचित भएका छन् ।

रिजाल प्यानबाट बुढा ४१८ मतसहित विजयी हुँदा कँडेल प्यानलका बाँकेका दुर्गा प्रसाद थारुले ३९३ मत मात्र ल्याउन सके । त्यस्तै उपसचिव महिलातर्फ कँडेल प्यानलका बर्दियाका लिला राना मगर १ मतले निर्वाचित भएका छन् । ३५१ मत ले राना निर्वाचित हुँदा बाँकेकी बसन्ती अधिकारीले ३५१ मत ल्याइन् ।

यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । घिमिरे पनि कँडेल प्यानलका हुन् । १००४ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ३९ जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् ।

शनिवार शुरू प्रदेश अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । ओलीले सहमतिमा नेतृत्व चयनका लागि दबाव बढाए पनि नेतृत्व चयन मतदान प्रक्रियामा गएको थियो ।

प्रतिक्रिया दिनुहोस्