प्रदेश

कोशी सरकारविरुद्धको मुद्दामा आज हेर्दाहेर्दैमा

१९ भाद्र २०८०, मंगलवार १२:२६
कोशी सरकारविरुद्धको मुद्दामा आज हेर्दाहेर्दैमा

१९ भदौ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पनि फैसला नहुने भएको छ । निवेदकको तर्फबाट जवाफी बहस बाँकी रहेकाले हेर्दाहर्दैमा जाने निश्चित भएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा जारी बहसमा आज विपक्षीका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए ।

विपक्षीका तर्फबाट बहस सकिएपछि निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । निवेदकका तर्फका कानून व्यवसायीहरुले जवाफी बहस सकेपछि फैसला आउनेछ । भोलि सार्वजनिक बिदा भएका कारण पर्सिमात्रै जवाफी बहस हुनेछ ।

नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आज पनि रिटको सुनुवाइ हेर्दाहेर्दैमा जाने निश्चित भएको बताए ।सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा हिजोबाट रिटउपर सुनुवाइ चलिरहेको छ । हिजो निवेदकका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए ।

विपक्षीका तर्फबाट बहस गर्ने कानून व्यवसायीहरूले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नै रहेको दाबी गरेका छन् ।

गत भदौ ४ गते मुख्यमन्त्री थापाले प्रदेश सभाबाट विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमा अध्यक्षा गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीको पनि मत लिएपछि त्यको विरोधमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्