१९ भदौ, काठमाडौं । भलिबल खेलाडीले अबबाट मासिक तलब पाउने भएका छन्।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल भलिबल संघले १२ जना पुरुष र १२ जना महिला भलिबल खेलाडीलाई मासिक ५/५ हजारका दरले पारिश्रमिक दिने घोषणा गरिएको हो ।
अमेरिकामा रहेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी खेलाडी, बिजेन ईन्टरप्रेनर र भलिबल प्रेमीको सहयोगमा नेपाल भलिबल संघले पहिलो पटक खेलाडीलाई मासिक पारिश्रमिक घोषणा गर्दै खेलाडीलाई पहिलो पारिश्रमिक वितरण समेत गरेको छ ।
संघले महिला तथा पुरुष राष्ट्रिय टिमका १२-१२ गरी २४ जनालाई ५-५ हजार प्रदान गरेको छ । अमेरिकामा रहेका दाताहरुले सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको तलब संघको खातामा पठाइसकेका छन् ।
अमेरिकामा रहेका पूर्वराष्ट्रिय खेलाडी राम श्रेष्ठको नेतृत्वमा पूर्वराष्ट्रिय खेलाडी र विजनेश इन्टरप्रेनियरको सहयोगमा मासिक पारिश्रमीकको व्यवस्था गरिएको हो। अहिले नेपाली भलिबल टोली चीनमा हुने १९ औं एशियाली खेलकुदको तयारीमा छ ।
पहिलो मासिक तलब बुझेपछि खेलाडीहरुले खुसी व्यक्त गरे । महिला टिमकी कप्तान अरुणा शाहीले भनिन्, ‘मैले खेल्न थालेको १४-१५ वर्ष भयो, पहिलो पटक यस्तो काम भएको छ ।’
पुरुष टिमका कप्तान मानबहादुर श्रेष्ठले नेपाली भलिबलका लागि यो ऐतिहासिक दिन रहेको बताए । खेलाडीलाई तलब दिने भलिबल संघ चौथो हो । यसअघि फुटबल र क्रिकेट खेलाडीले मासिक तलब पाइरहेका छन् ।