१९ भदौ, काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
मंगलबार पार्टीनिकट कर्मचारीहरूको संगठन नेपाल निजामती कर्मचारी युनियनले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक अभिव्यक्ति प्रधानमन्त्री प्रचण्डले दिन नहुने बताएका हुन् ।
पार्टी निकट कर्मचारीहरूको सङ्गठन नेपाल निजामती कर्मचारी युनियनले मङ्गलवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री प्रचण्ड र काठमाडौं मेयर बालेनको अराजक खालको पछिल्लो अभिव्यक्तिबाट देश चल्न नसक्ने बताए ।
देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट देऊ, हामी जातीय पहिचानको राज्य बनाइदिन्छौँ भनेर भन्न मिल्दैन । यसरी देश चल्दैन । यो कुरालाई गम्भीर रूपले पार्टीले पनि लिनुपर्छ, कर्मचारीहरूले पनि लिनुपर्छ,’ उनले भने ।
डा. कोइरालाले पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई बोलाएर पार्टीनिकट कर्मचारी संगठनको समस्या समाधानका लागि सचेत गराउन पार्टी सभापति शेरबहादुर देउवालाई पनि सुझाव दिए ।