१९ भदौ,काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ४५ अंकले ओरालो लागेर एक हजार नौ सय ६१ दशमलव ३७ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ४७ अंकले ओरालो लागेर तीन सय ७७ दशमलव २४ मा सीमित भएको छ ।
मङ्गलबार आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ४७ अङ्कले ओरालो लागेर तीन सय ७७ दशमलव २४ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ ।
विभिन्न कम्पनीका २४ लाख ८० हजार नौ सय २९ कित्ता शेयर रु ७९ करोड ६८ लाख ७० हजार चार सय आठ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार, कारोबारका आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड ५८ लाख ९७ हजार सात सय ९३ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा साल्ट ट्रेडिङ कर्पोरेसन २ करोड ९५ लाख ८५ हजार ४६५, आईएमई लाइफ इन्स्योरेन्स २ करोड ८२ लाख ४१ हजार ७५४, घोराही सिमेन्ट २ करोड ८० लाख ४५ हजार ५ सय ७० र एभरेष्ट बैंक २ करोड ३६ लाख २९ हजार ३२१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । नेरुडे लघुवित्त ९.८५, इन्ग्वा हाइड्रोपावर ७.३२, साञ्जेन जलविद्युत् कम्पनी ६.४८ र अप्पर सोलु हाइड्रोपावरका लगानीकर्ताले ६.३९ प्रतिशतले कमाएका छन् ।