मंगलबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा उनीहरुबीच संसदमा विचाराधीन अवस्थामा रहेका विधेयकका सम्बन्धमा पनि कुराकानी भएको छ । अमेरिका र चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले आफ्नो विदेश भ्रमणकाबारेमा पनि जानकारी गराउँदै सुझाव मागेका छन् ।
प्रधानमन्त्री प्रचण्ड दुई सातापछि संयुक्त राष्ट्रसंघ तथा चीन भ्रमणमा जाने कार्यक्रम छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच झन्डै एक घन्टा छलफल चलेको छ ।