समाचार

कांग्रेस वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

१९ भाद्र २०८०, मंगलवार ०३:३०
कांग्रेस वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

१९ भदौ, काठमाडौंनेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् ।

मंगलबार बिहान संसदीय दलका नेता बहदुर सिं लामालाई उनले राजीनामा पत्र बुझाएका हुन् । प्रदेश सभा सदस्य काफ्लेले प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा  समय अभाव भएकोले राजीनामा दिएको उल्लेख गरेका छन् ।

‘केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु,’ उनले फेसबुकमा लेखेका छन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूको सेवामा समय दिन नपाएको महसुस भएकाले सचेतक पदबाट राजीनामा दिएको बताए । पदबाट राजीनामा दिएका काफ्लेले आफ्नो सम्पूर्ण समय पार्टी सङ्गठनलाई चलायमान र गतिशील बनाउन तथा दोलखाका नागरिकहरूको सेवामा व्यतीत गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्