समाचार

एमाले लुम्बिनी प्रदेशको नेतृत्व चुन्न मतदान सुरु

१९ भाद्र २०८०, मंगलवार ०३:२०
एमाले लुम्बिनी प्रदेशको नेतृत्व चुन्न मतदान सुरु

१९ भदौ, काठमाडौंकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्ष पदको लागि मतदान शुरु भएको छ। प्रदेश अध्यक्ष पदमा हरि रिजाल र  रामकृष्ण कँडेल उम्मेदवार छन्। आइतबार दुवै जनाले उम्मेदवारी दर्ता गरेका थिए।

सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका भएपनि अध्यक्ष पदका आकांक्षी पाल्पाका कँडेल र प्यूठानका रिजालबीच सहमति जुट्न नसकेपछि अधिवेशन निर्वाचन प्रक्रियामा गएको हो । दुई दिनका लागि आयोजना भएको अधिवेशन सहमतिको प्रयासकै नाममा थप दुई दिन लम्बिएको छ ।

कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल महासचिव शंकर पोखरेल निकट मानिन्छन् । कँडेल पक्षले एमाले उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको र रिजाल पक्षले महासचिव शंकर पोखरेलको समर्थन रहेको भन्दै प्रचार गरिरहेका छन् । उनीहरु पदाधिकारीमा प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् ।

त्यस्तै, उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, अनुप बराल, शान्तकुमार वली, पुजन विश्वकर्मा, उपसचिवमा आरती पौडेल, वसन्ती अधिकारी, दुर्गाप्रसाद चौधरी, पूर्णबहादुर बुढा र लिला रानाले उम्मेदवारी दिएका छन्। सचिवमा लक्ष्मण अर्याल निर्विरोध निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्