खेलकुद

एसिया कप: आसिफ शेखको अर्धशतक

१८ भाद्र २०८०, सोमबार ११:३४
एसिया कप: आसिफ शेखको अर्धशतक

१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्घको खेलमा  नेपालका आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्।

श्रीलंकाको पालेकेले रंगशालामा चलिरहेको खेलमा शेखले अर्धशतक बनाएका हुन्। उनले ८८ बलमा सात चौकाको मद्दतमा अर्धशतक प्रहार गरेका छन्।

एशिया कप अन्तर्गत सोमबार भारत विरुद्ध नेपालले २८ ओभर खेल सकिँदा १२३ रन बनाएको छ। नेपालले चार विकेट गुमाएको छ।

प्रतिक्रिया दिनुहोस्