१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्घको खेलमा नेपालका कुशल मल्ल सोमबार नेपालले आफ्नो चौंथो विकेट गुमाएको छ ।
चौथो विकेटका रुपमा नेपालका कुशल मल्ल पेभेलियन फर्किएका हुन् । उनी दुई रनको व्यक्तिगत स्कोरमा आउट भए । उनको विकेट रविन्द्र जडेजाले लिए ।
जडेजाले कुशल मल्ललाई मोहम्मद सिराजद्वारा क्याच गराए । नेपालले २१.५ ओभरमा चार विकेट गुमाएर एक सय एक रन बनाएको छ ।