खेलकुद

कप्तान रोहित पौडेल आउट

१८ भाद्र २०८०, सोमबार ११:१२
कप्तान रोहित पौडेल आउट

१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्घको खेलमा सोमबार नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

तेस्रो विकेटका रुपमा नेपालका कप्तान रोहित पौडेल पेभेलियन फर्किएका हुन् । उनी केवल पाँच रनको व्यक्तिगत स्कोरमा आउट भए ।

उनको विकेट रविन्द्र जडेजाले लिए । जडेजाले रोहितलाई भारतीय कप्तान रोहित शर्माद्वारा क्याच गराएका हुन् । नेपालले २० ओभरमा तीन विकेट गुमाएर ९३ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्