खेलकुद

भारतविरुद्ध नेपाललाई दोस्रो झड्का, भीम आउट

१८ भाद्र २०८०, सोमबार ११:०७
भारतविरुद्ध नेपाललाई दोस्रो झड्का, भीम आउट

१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा नेपालले भीम सार्कीलाई गुमाएको छ । जम्मा ७ रन जोडेका उनी १५.६ ओभरमा रवीन्द्र जडेजाको बलमा आउट भएका हुन् ।

हाल पहिलो १५ ओभरको खेल सकिँदा नेपालले एक विकेटको क्षतिमा ८५ रन बनाएको छ । हाल क्रिजमा आशिफ शेख र कप्तान रोहितकुमार पौडेल रहेका छन् ।

यउसअघि नेपालका ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए । आशिफ शेख २८ रन बनाएर क्रिजमा छन्, भीम आउट भएपछि आशिफलाई साथ दिन रोहित पौडेल पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्