समाचार

भारतविरुद्ध छक्का प्रहार गर्दै कुशलको हजार रन

१८ भाद्र २०८०, सोमबार ११:०४
भारतविरुद्ध छक्का प्रहार गर्दै कुशलको हजार रन

१८ भदौ, काठमाडौं। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याटर कुशल भुर्तेलले एक हजार रन पूरा गरेका छन्।

एसिया कप अन्तर्गत अहिले श्रीलंकाको क्यान्डीमा भइरहेको खेलमा ६ रन बनाएपछि उनले ४६औं खेलमा एक हजार रनको कोशेढुंगा पार गरेका हुन् ।

भुर्तेलले सन् २०२१ सेप्टेम्बरमा पपुवा न्यूगिनीविरुद्ध ओडीआईमा डेब्यु गरेका थिए। उनले ओडीआईमा एक शतक र ६ अर्धशतक प्रहार गरेका छन्। कुशल भुर्तेल नेपालका लागि एक हजार ओडीआई रन बनाउने तेस्रो खेलाडीसमेत बनेका छन्।

यसअघि कप्तान रोहित कुमार पौडेल र आसिफ शेखले एक हजार रन पूरा गरिसकेका छन् । रोहितले ५३ खेलमा १ हजार ४६९ रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्