१८ भदौ, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) एसिया कप क्रिकेटअन्तर्गतको नेपाल-भारत बीचको खेल हेर्न श्रीलंका जाने भएका छन्।
उनी हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जान लागेका हुन् । एसिया कपअन्तर्गत सोमबार नेपाल र भारतको खेल हुँदैछ । उक्त खेलमा नेपाली खेलाडीको हौसला बढाउन बालेन श्रीलंका जान लागेका हुन् ।
नेपाली खेलाडिको हौसला बढाउन भन्दै रास्वपाका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि आजै श्रीलंका प्रस्थान गरेका थिए ।
नेपालले पहिलो खेलमा पाकिस्तानसँग नमिठो हार व्यहोरेको थियो । भोलि भारतलाई हराउन सके नेपाल अर्को चरणमा प्रवेश गर्नेछ, भने पराजित भएमा यो सिजनको एसिया कपमा नेपालको यात्रा टुंगिनेछ ।