१८ भदौ, काठमाडौं। संघीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक आज दिउँसो १ बजे बस्नेछ ।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने । कार्यसूची रहेको छ।
सभामुख देवराज घिमिरेले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने संभावित कार्यसूचीमा उल्ले छ।
यसैगरी राष्ट्रियसभा बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।