समाचार

सोमबार कति थपिए नेपालमा कोरोना संक्रमित ?

२७ मंसिर २०७८, सोमबार ११:११
सोमबार कति थपिए नेपालमा कोरोना संक्रमित ?

२७ मंसिर, काठमाडौँ। पछिल्लो २४ घण्टा यता नेपालमा थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४१६ पीसीआर तथा २ हजार ८२० एन्टिजेन परीक्षण हुँदा ३ सय ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।

सहि अवधिमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५७ पुगेको छ।

सोमबार ३७६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ८२४ सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्