समाचार

आत्मआलोचनासहित आजबाट जनतामा गएका छौँः प्रधानमन्त्री प्रचण्ड

१६ भाद्र २०८०, शनिबार ०५:२१
आत्मआलोचनासहित आजबाट जनतामा गएका छौँः प्रधानमन्त्री प्रचण्ड

१६ भदौ, काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले गरेको गल्तिलाई सुधारेर आत्मआलोचनासहित आजबाट रुपान्तरण अभियान मार्फत  जनता माझ गएको बताएका छन्।

अध्यक्ष प्रचण्डले शनिबार बिहान पार्टी मुख्यालय पेरिसडाँडाबाट ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को भर्चुअल उद्घाटन गर्दै उनले उक्त धारणा राखेका हुन्।

शनिबार पार्टीको तीन महिने रुपान्तरण अभियानको उद्घाटन गर्दै पार्टी नेता तथा कार्यकर्तालाई जनतासँग सुध्रन चाहेको बताउन निर्देशन दिएका हुन् । “जनतासँग हामीले गल्ती भएको कुरा भन्न सक्नुपर्छ । हाम्रो कमजोरीप्रति आत्मालोचित हुन चाहन्छौं र सुध्रिन चाहन्छौं भन्नुपर्छ,” प्रचण्डले भने, “त्यसका लागि अभियानसहित घरदैलोमा छौं । कमरेड लेनिनले भनेजस्तै तपाईं इमान्दार हुनुहुन्छ भने डराउनु हुँदैन ।”

उनले अभियानका क्रममा सुशासन, सार्वजनिक सेवा प्रवाहमा जोड दिनुपर्ने बताए  । प्रचण्डले वेथितिको चाङ भएको बताए । तीन महिने अभियानमार्फत कस्तो विचारको विकास र पार्टी निर्माण गर्ने भन्नेमा जनताको भविष्य रहेको बताए ।

उनले जनतासँग नङ र मासुको जस्तो सम्बन्ध बनाउन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्