१५ भदौ, काठमाडौँ । होप राइजिङ चिल्ड्रेन होमको सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक गरिएको छ ।
आज शुक्रबार गरिएको कार्यक्रममा संस्थाले आर्थिक वर्ष ०७९/०८० मा गरेका क्रियाकलाप तथा संस्थागत कार्यप्रगतिको समिक्षा लगायतका बारेमा तयार गरिएको प्रतिबेदन सार्वजनिक गरिएको थियो ।
सामाजिक परिक्षक मोहन चौलागाईंले प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिबेदनपछि सहभागि सरोकारवालाहरुले संस्थाले सञ्चालन गरेका कार्यप्रगतिमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, सामाजिक अभियान, होप राइजिङ चिल्ड्रेन होमका विद्यार्थीले आ-आफनो कुरा राखेका थिए ।
कार्यक्रममा प्रमुख अथिति महालक्ष्मी नगरपालिका ८ का वडा विश्व विश्वराज श्रेष्ठ, विशेष अथिति महालक्ष्मी नगरपालिका प्रशासन शाखा प्रमुख पुष्पराज अधिकारी, सामाजिक शाखा प्रमुख तारा केसी, ८ का वडा सदस्य बिनोद केसी, समाजसेवी बेद बहादुर खड्का, बौद्धिक तथा समाजसेवी व्यक्ति कैलाश न्यौपाने, विश्वमित्र गणेश स्कुलका शिक्षक चिरन्जीवी आचार्यलगायत अभिभावक, बालक्लबका सदस्यहरुको उपस्थित रहेको थियो ।
यस संस्थाक संरक्षण, अभिभावक, वैदिक तथा समाजसेवी व्यक्ति कैलाश न्यौपाने यस कार्यक्रको बिषयमा प्रकाश परेका थिए ।
महालक्ष्मी नगरपालिका ८ का वडा विश्व विश्वराज श्रेष्ठ भने “हामी एक दुई बच्चाको इच्छा आकांक्षा पुरा गर्न नसकेको अवस्थामा होप राइजिङ चिल्ड्रेन होमका अध्याक्ष नन्दऋषि आचार्यले एक असल अभिभावकको भूमिका निभाएका रहेका छन् । विगत पाँच छ बर्ष यता आफुले यस संस्थाले गरेको काम प्रति आफु निकै खुशी रहेको बताएका छन् । यस संस्थाले संरक्षणबिहिन बालबालिकाको संरक्षण गर्दै आएको छ, उक्त संस्थालाई आफुले पनि सहयोग गर्ने वडा अध्याक्ष श्रेष्ठले प्रतिबद्धता जनाएका छन् ।”
प्रमुख अथिति महालक्ष्मी नगरपालिकाका नगर प्रमुख कार्यव्यस्तका कारण अनुपस्थित भएका छन् । साथै, उनले यस संस्थाले गरेको राम्रो कामको प्रशंसा गर्दै यस संस्थालाई सहयोग गर्ने वडा अध्याक्ष श्रेष्ठसँग शुभकामना संदेश पठाएका थिए ।
यस संस्थाले विगत एक दशक देखि संरक्षणबिहिन बालबालिका संरक्षण गर्दै आएको छ । संरक्षणबिहिन बालबालिकालाई आफ्नोपन, स्वास्थ्य, शिक्षा, खेलकुद, नयाँ टेक्नोलोजी र नयाँ प्राविधिसंगै आमा बुवाले दिने माया प्रेम दिएको महालक्ष्मी नगरपालिका सामाजिक शाखा प्रमुख तारा केसीले बताएकी छन् ।
साथै, संरक्षणबिहिन बालबालिको संरक्षण गर्दै आएको यस संस्थालाई आफु निरक्षर गर्न जादा बालबालिकाले संस्थाका अध्याक्ष आचार्यलाई आफ्नो बुवा आमाले जन्म दिए तर कर्म हामीलाई नन्दऋषि अंकलले दिनुभयो भनेर सुन्दा आफ्नो आँखा रसाएको थियो। आजै यस पोडियममार्फत आफु र नगरपालिकाले पनि यस संस्थालाई सहयोग गर्ने प्रतिबद्धता गरेकी छन् ।
यस संस्थाका बालबालिका शिक्षासंगै ज्ञान, खेलकुद र बाहिय क्रियाकलापमा पनि अबल रहेको विश्वमित्र गणेश स्कुलका शिक्षक चिरन्जीवी आचार्यले बताए । आफु चकित पर्छु कि यी शिक्षा, अनुशासन देख्दा । यस वर्षमात्र यस संस्थाका ४ जनाले ए पल्स ल्याएर उत्रिणा भएका छन् । यस संस्थालाइ आगामी दिनमा पनि आफुले सहयोग गर्ने आचार्यले बताएका छन् ।
होप राइजिङ बालक्लबका सचिव नितेश रेग्मी र सम्रिला उपाध्यले भने ” हामी यस्ता संरक्षणबिहिन बालबालिकाको संरक्षण गरेर राम्रो शिक्षा उत्तीर्ण गर्ने अवसर दिएकोमा संस्थाका अध्याक्ष नन्दऋषि आचार्यलाई हृदय देखिनै धन्यवाद भन्न चहान्छु । साथै, हामीलाई जन्म आमाले दिनुभयो तर कर्म नन्दऋषि आचार्यले दिनुभो । उहाँलाई वर्णन गर्ने कुनै शब्दै नरहेको भन्दै उनीहरुको आँखा रसाएका थिए ।”
यस संस्थाले अहिले विशेष गरि संरक्षणबिहिन बालबालिकामा काम गर्दै आएको छ । संस्थालाई आगामी दिनमा थप सेवा बृद्धि तथा सधारका लागि लक्षितवर्ग तथा अन्य सरोकारवाला निकायसंग भेटेर अझै राम्रो बनाउने संस्थाका अध्याक्ष आचार्यले बताए ।
संरक्षणबिहिन बालबालिकाको आधारभूत आवश्यकता पुरा गरी उनीहरूको शिक्षा दिक्षामा सहयोग गरेर सक्षम नागरिक बनाउन हाम्रो संस्थाको लक्ष रहेको बताए । हाम्रो संस्थाको निम्तो सहजै स्वीकार्य, व्यस्त समयको बाबजुत कार्यक्रमा उपस्थित भइदिनु भएकोमा सबैलाई हृदय देखि नै धन्यवाद भएर कार्यक्रम समापन गरेका थिए ।