समाचार

सभापतिका तीन उम्मेदवारले गरे मतदान

२७ मंसिर २०७८, सोमबार ०८:११
सभापतिका तीन उम्मेदवारले गरे मतदान

२७ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र प्रकाशमान सिंहले मतदान गरेका हुन्। तीनै जनाले काठमाडौंको राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रमा मत दिएका छन्।

सभापतिका तीन उम्मेदवारले गरे मतदान

सभापतिका प्रत्यासी विमलेन्द्र निधि र कल्याण गुरुङले मतदान गर्न बाँकी छ। उनीहरू मतदानस्थलमै मतदातासँग मत मागिररहेका छन्।

यसैगरी उपाध्यक्षका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा. रामशरण महत, सुनील थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले पनि मतदान गरेका छन् ।

भृकुटीमण्डपमा दुई र राष्ट्रिय सभागृहमा एउटा मतदान केन्द्र राखिएको छ। भृकुटीमण्डपका दुई स्थानमा ३ हजार ४ सय र राष्ट्रिय सभागृहमा १ हजार ३ सय मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ। एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा लाग्ने गरेको छ।

एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभागृह, भृकुटीमण्डप प्राङ्गण र भृकुटीमण्डपको हलमा गरी सयौँ बुथ राखिएको छ ।

भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ । अहिलेसम्म तीनवटै मतदान केन्द्रबाट करिब २०० जनाले मतदान गरिसकेको निर्वाचन समितिले जनाएको छ । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्