१३ भदौ, काठमाडौं । पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा भइरहेको एसिया कपमा नेपाललाई पहिलो ओभरमै झड्का लागेको छ।
मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो । २४३ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै लगातार दुई विकेट गुमायो । शाहिद अफ्रिदीको पाँचौं बलमा कुशल भुर्तेल आउट भए ।