१३ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कार्यान्वयन हुने दिन बुधबार (भदौ १३ गते) देशव्यापी विरोध प्रदर्शन गर्ने भएका छन्।
हिजो बसेको साना चार कम्युनिस्ट पार्टीको संयुक्त बैठकले एमसीसी कार्यान्वयनविरुद्ध आज देशव्यापी प्रदर्शन गर्न लागेका हुन् । आजबाट ७० करोड डलरको सो परियोजना औपचारिक रुपमा कार्यान्वयन जान लागेपछि साना चार कम्युनिस्ट पार्टी सडक प्रदर्शन गर्न लागेका हुन् ।
आजबाट ७० करोड डलरको सो परियोजना औपचारिक रुपमा कार्यान्वयन जान लागेपछि साना चार कम्युनिष्ट पार्टी सडक प्रदर्शन गर्न लागेका हुन्।
मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी,ऋषी कटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले आज संयुक्त रुपमा प्रदर्शन गर्न लागेको जारी विज्ञप्तिमा जनाइएकाे छ।
ती दलले भोलि भाद्र १३ गते देशब्यापी संयुक्त विरोध प्रदर्शन गर्ने जानकारी दिँदै काठमाडौं उपत्यकामा माइतीघर मण्डलाबाट दिउँसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको विज्ञप्तिमा उल्लेख छ।
यता, एमसीसीको सुरुदेखि नै विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले भोलि देशैभर विरोध सभाको आयोजना गरेको जनाएको छ। राजमो केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार जिल्ला सदरमुकाम लगायत मुख्य मुख्य स्थानमा प्रदर्शन गर्ने कार्यक्रम छ।
काठमाडौंमा दिउँसो तीन बजे शान्तिवाटिकामा आयोजना हुने विरोध सभालाई अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने कार्यक्रम छ। पाँच वर्षे परियोजना एमसीसी भोलि भदौ १३ देखि कार्यान्वयनमा जाने भएको छ।
यसका लागि एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणमा मंगलबार अपराह्न नेपाल आइपुगेका छन्।