समाचार

समाजवादी मोर्चाले धनगढीमा सन्देश सभा गर्दै, प्रधानमन्त्रीसहित शीर्ष नेताको सम्बोधन

१३ भाद्र २०८०, बुधबार ०२:०१
समाजवादी मोर्चाले धनगढीमा सन्देश सभा गर्दै, प्रधानमन्त्रीसहित शीर्ष नेताको सम्बोधन

१३ भदौ, काठमाडौं ।  समाजवादी मोर्चाले आज बुधबार कैलालीको धनगढीमा  सन्देश सभा गर्दैछ । सुदूरपश्चिम प्रदेशको सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

सन्देश सभालाई मुख्य गरी मोर्चामा रहेका चार दलका नेताहरूले सम्बोधन गर्ने भएका हुन् । सन्देश सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए ।

सन्देश सभालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्नेछन् ।

मोर्चाले सातै प्रदेशमा सन्देशसभा गरिरहेको छ । १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा र २५ गते कोशीको विराटनगरमा सभा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्