१३ भदौ, काठमाडौं । रूसको पश्चिमी शहर पेस्कोफको एक एयरपोर्टमा ड्रोन हमला भएको छ । स्थानीय गभर्नरले रूसी सेनाले हमलालाई विफल बनाइरहेको बताएका छन् ।
गभर्नरले एक भिडियो सेयर गरेका छन्, जसमा विस्फोटको आवाज र आगलागी देख्न सकिन्छ। रुसी सञ्चारमाध्यममा चारवटा यातायात विमानमा क्षति पुगेको जनाइएको बीबीसी समाचारमा उल्लेख छ। रुसी समाचार एजेन्सी टासका अनुसार ड्रोन आक्रमणपछि दुईवटा विमानमा आगो लागेको छ ।
प्स्कोभका गभर्नर मिखाइल भेडेर्निकोभले प्रारम्भिक अनुसन्धानले आक्रमणमा कुनै हताहत नभएको जानकारी दिएका छन्। पेस्कोभ युक्रेनबाट ६०० किलोमिटर टाढा छ र यो इस्टोनियाको नजिक छ।