समाचार

माण्डु हाइड्रोको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

१३ भाद्र २०८०, बुधबार ०१:५२
माण्डु हाइड्रोको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

१३ भदौ, काठमाडौं ।  चिरख्वा हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज (भदौ १३ गते) अन्तिम दिन रहेको छ ।

उक्त कम्पनीको आईपीओका लागि इच्छुक लगानीकर्ताहरुले बुधबार कार्यालय समयभित्र आवेदन दिन सक्ने छन् ।  कम्पनीले सर्वसाधारणलाई १२ लाख ५ हजार ३ सय २० कित्ता आईपीओ निष्काशन गरेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

सीडीएसका अनुसार यसमा भदौ १२ गते साँझसम्ममा ६.५७ गुणा बढी आवेदन परेको छ। यस कम्पनीले भदौ १० गतेदेखि फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपीओ जारी गरेको हो। जसमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ।

त्यस्तै, ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। बाँकी १२ लाख ५ हजार ३२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीले अंकित मूल्य १०० रुपियाँमा १०६ रुपियाँ प्रिमियम थपेर प्रतिकित्ता रु। २०६ मा आईपीओ बिक्री गर्न लागेको हो । सर्वसाधारणका लागि छुट्याइएको आईपीओ एक लाख २० हजार ५ सय ३२ जनाले १०–१० कित्ता पाउने छन् ।

कम्पनीले यसअघि नै आयोजना प्रभावित र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ बिक्री गरिसकेको छ ।कम्पनीले मकवानपुरको इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्