१३ भदौ, काठमाडौं । नेकपा एमालेको आजदेखि सिरहामा हुने भनिएको सचिवालय बैठक बस्दै छ ।
बैठक चौथो महाधिवेशनस्थल सिरहाको धनगढी नगरपालिका–१४ सर्रे अम्बासमा बस्न लागेको हो । भदौ ९ गतेबाट सुरु हुने भनिए पनि मौसमका कारण स्थगित भएको सचिवालय बैठक आज सुरु हुन लागेको हो ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरुलगायत पदाधिकारी, लेखा र अनुशाषन विभागका प्रमुखहरु बैठकमा सहभागी हुने छन् । एमालेले सो स्थानलाई ‘कम्युनिष्ट आन्दोलनको ऐतिहासिक स्थल मानेकाले सिरहालाई बैठकस्थल चयन गरेको जनाएको छ ।
सोही ठाउँमा एमालेले २०४६ सालमा एउटा काठघर (हेर्नुहोस् तल तस्बिर) मा चौथो महाधिवेशन गरेको थियो। उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो।