समाचार

संसद्‌मा आज ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’को कार्यसूची

१२ भाद्र २०८०, मंगलवार ०२:३४
संसद्‌मा आज ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’को कार्यसूची

१२ भदौ,  काठमाडौँ । प्ररतिनिधि सभाको आजको बैठकमा प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर गरिने कार्यसूची रहेको छ।

संसद सचिवालयका अनुसार एक पटकमा १५ वटा प्रश्न सोध्न पाइने भएकाले सांसदहरुलाई बर्णानुक्रम अनुसार समूह–समूहमा बाँडिएको छ । यो पटक दोस्रो समूहको पालो परेको छ ।

समूहमा परेका सांसदहरुबाट शुक्रबार नै १२ वटा प्रश्न संकलन भइसकेको छ । त्यो प्रश्न संसद सचिवालयले प्रधानमन्त्री कार्यालय पुर्‍याएपछि प्रधानमन्त्रीले जवाफ तयार पार्ने छन्, जुन आज संसदमा प्रस्तुत हुन्छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रमको कार्यसूची रहेको छ ।यस्तै, कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्