खेलकुद

अष्ट्रेलियाको ‘बिगबास’को ड्राफमा सन्दीपसहित पाँच नेपाली खेलाडी

१२ भाद्र २०८०, मंगलवार ०२:२८
अष्ट्रेलियाको ‘बिगबास’को ड्राफमा सन्दीपसहित पाँच नेपाली खेलाडी

१२ भदौ,  काठमाडौँ ।अष्ट्रेलियाको प्रतिष्ठित क्रिकेट लिग बिगबासको ड्राफमा नेपाली पाँच खेलाडी अटाएका छन्।

 २०२३/२४ को ड्राफ्टमा सन्दीप लामिछानेसहित युवा ब्याटर देव खनाल, विकेटकिपर अर्जुन साउद, ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर आरिफ शेख ड्राफ्टमा अटाएका हुन्।

सन्दीपले गतवर्ष बिग ब्यास लिग होबार्ट हरिकेन्सबाट खेलेका थिए। यदि हरिकेन्सले चाहेको खण्डमा सन्दीपलाई रिटेन गर्न सक्ने छ। अन्य चार खेलाडीलाई भने ड्राफ्टमा किन्नुपर्ने हुन्छ।

देव खनाल नेपालका यू–१९ कप्तानसमेत हुन्। अर्जुन आक्रामक क्रिकेट र उत्कृष्ट विकेटकिपर समेत हुन्।आसिफ शेख विकेटकिपर ब्याटर समेत हुन्।

गतवर्ष सन्दीपले होबार्ट हरिकेन्सबाट खेलेका थिए। हरिकेन्सले चाहेमा उनलाई पुनस् रिटेन गर्ने छ। अन्य चार खेलाडीलाई भने ड्राफ्टमा खरिद गरिनुपर्ने छ।

अर्जुन साउद विकेटकिपर ब्याटर हुन्। अर्जुन आक्रामक क्रिकेट र उत्कृष्ट किपिङका लागि परिचित छन्। आसिफ शेख विकेटकिपरको साथै ओपनर ब्याटर हुन्। आरिफ शेख भने मध्यक्रमको पुछारमा नेपालको इनिङ सम्हाल्दै आएका छन्।

१३ औं संस्करणको बिगबासमा २९ देशबाट कूल ३ सय ७६ खेलाडी ड्राफ्टमा हुनेछन्। बिगबासको ड्राफ्ट आगामी सेप्टेम्बर ३ मा हुनेछ। बिगबास आठ टोली छन्। बिगबास लिग आगामी डिसेम्बर ७ देखि सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्