समाचार

भोलिबाट एमसीसी कार्यान्वयनमा जाँदै, एमसीसी उपाध्यक्ष क्यामरुन आज काठमाडौं ओर्लिने

१२ भाद्र २०८०, मंगलवार ०२:२२
भोलिबाट एमसीसी कार्यान्वयनमा जाँदै, एमसीसी उपाध्यक्ष क्यामरुन आज काठमाडौं ओर्लिने

१२ भदौ,  काठमाडौँ । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का उपाध्यक्ष क्यामरन एस. अलफोर्ड तीन दिने भ्रमणमा मंगलबार अपराह्न नेपाल आउँदैछन्।

१३ भदौमा अर्थ मन्त्रालयमा एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात हुने कार्यक्रम रहेको छ । एमसीसी औपचारिक सुरुवात भएको ५ वर्षभित्र परियोजना सम्पन्न गर्नुपर्ने बाध्यतात्मक अवस्था रहेको छ । त्यसरी हेर्दा १२ भदौ ०८५ मा यो परियोजना सम्पन्न भइसक्नुपर्छ ।

उनले अमेरिकी सहयोगमा सञ्चालित एमसीसी, अरु अमेरिकी सहयोगका परियोजना र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्ने जनाइएको छ।​ क्यामरनले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम छ। उनी भदौ १५ मा फर्किने छन्।​ एमसीए नेपालका मिडिया संयोजक पुष्कर माथेमाले औपचारिक कार्यक्रम मार्फत् एमसीसी कार्यान्वयनमा जाने बताए।

क्यामरनले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम छ। उनी भदौ १५ मा कतार हुँदै अमेरिका फर्कने छन्।  एमसीसी कार्यान्वयनको घोषणा अर्थ मन्त्रालयमा नेपाल र अमेरिकी अधिकारीहरुबीच ‘लेटर अफ एक्सचेन्च’ मार्फत गर्ने तयारी छ।

सो समारोहसँगै एमसीसी कार्यावन्यनको पाँच वर्षे अवधि सुरु हुनेछ। यदि सहमतिअनुसार समयमा एमसीसी परियोजना सम्पन्न नभएमा त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेर्होनुपर्नेछ।  एमसीसी सम्झौताअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अर्थात् करिब ६० अर्ब रुपैयाँ अनुदान दिनेछ। नेपालले पनि एमसीसी परियोजनाको लागि आफ्नो तर्फबाट १३ करोड डलर अर्थात् करिब १७ अर्ब लगानी गर्नुपर्ने सम्झौता छ।

नेपाल र अमेरिकाबीच पाँच वर्षअघि एमसीसी कम्प्याक्टको एमओयूमा हस्ताक्षर भएको थियो। लामो समय विवादमा फसेको एमसीसी नेपाली संसदले अनुमोदन गरेको १८ महिनापछि कार्यान्वयनमा जान लागेको छ।

प्रतिक्रिया दिनुहोस्