खेलकुद

स्पेनिस ला लिगा : एट्लेटिको मड्रिडको सानदार जित

१२ भाद्र २०८०, मंगलवार ०१:५६
स्पेनिस ला लिगा : एट्लेटिको मड्रिडको सानदार जित

१२ भदौ, काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले फराकिलो जित दर्ता गरेको छ।

उसले रायो भालेकानोमाथि ७–० गोलअन्तरको फराकिलो जित दर्ता गरेको हो ।  भालेकानाको घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले गोल वर्षा गर्दा पहिलो गोलको दोस्रो मिनेटमै फ्रेन्च स्ट्राइकर एन्टोनी ग्रिजम्यानले गरेका थिए ।

एट्लेटिकोका लागि एल्भारो मोरटाले दुई गोल गरेका थिए । यस्तै, एन्टोइन ग्रिजमन, मेम्फिस डिपाए, नाहुयल मालिना, एन्जल कोरेया र मार्कोस लोरेन्टले एक–एक गोल गरे गरेका थिए ।

यो जितसँगै एट्लेटिको तीन खेलबाट सात अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्