११ भदौ, काठमाडौँ । गायिका समीक्षा अधिकारीले आफूविरुद्ध भ्रम फैलाएको भन्दै भ्रम फैलाउनेविरुद्ध कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी छन्। उनलाई अस्ट्रेलियाले भिसा नदिएर कालोसूचीमा राखेको हल्ला फैलाइएको थियो।
समीक्षाले आइतबार जिल्ला प्रहरी कार्यालय कास्की पुगेर आफ्नो विषयमा नराम्रो कुरा लेखी समाचार सम्प्रेषण गर्नेहरुको खोजतलास गरी कारबाहीको माग गर्दै निवेदन दिएको सामाजिक संञ्जालमा उल्लेख गरेकी छिन् ।
उनले सामाजिक संञ्जालमा लेखेकी छिन् –
केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अष्ट्रेलियाको भिसामा भएको ढिलाईको बिषयलाई लिएर सामाजिक सञ्जालमा मलाई अष्ट्रेलियाले ब्ल्याकलिष्टमा राखेकोु भन्ने झुटो खबर फैलाईएकोमा त्यसको प्रतिवादस्वरुप केहि सञ्जालहरू किटान गरी जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएकी छु । वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारको लागि कसैको जीन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध रहेको मेरो निष्कर्ष रहेको छ ।
साथै, सबै सञ्चारमाध्यमहरूलाई पनि यथार्थ बुझेर मात्र समाचार सम्प्रेषणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु ।