खेलकुद

भारत र पाकिस्तानसँग खेल्नु हाम्रो लागि खुसीको पर्व : सन्दीप लामिछाने

११ भाद्र २०८०, सोमबार ०६:२७
भारत र पाकिस्तानसँग खेल्नु हाम्रो लागि खुसीको पर्व : सन्दीप लामिछाने

११ भदौ, काठमाडौँ ।  क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गरेका छन् ।

सोमबार बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पाकिस्तान प्रस्थान गरेका हुन् । उनलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए ।

सो क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एसिया कपमा सम्पूर्ण नेपालीहरूको भरोसा क्रिकेटर लामिछानेमाथि रहेको बताए । उनले सन्दीपको उपस्थितिसँगै टिम पूर्ण रूपमा बलियो बनेको बताए । सिंगो देशले गरेको भरोसा सन्दीपबाट पूरा हुने उनले विश्वास व्यक्त गरे ।

‘पाकिस्तान, भारतसँग नेपाली क्रिकेट टिमले खेल्दैछ । त्यहाँ सन्दीपको उपस्थिति देशले महत्वपूर्णरूपमा लिइरहेको छ । त्यसैले पनि केही प्राविधिक विषयवस्तुहरूसँग जोडिएर उहाँ टिमसँग जान सक्नुभएको थिएन । आज सिंगो देशले सन्दीपमाथि जसरी भरोसा गरेको छ, त्यो भरोसा सन्दीपबाट पूरा हुनेछ । सन्दीपको इन्ट्रीसँगै टिमले पूर्णता पाएको छ,’ घिसिङले भने ।

नेपालले एसिया कपमा १३ भदौमा पाकिस्तान र १८ भदौमा भारतसँग खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्