समाचार

अरुण काबेलीको हकप्रद सेयर खुल्यो

११ भाद्र २०८०, सोमबार ०६:१८
अरुण काबेलीको हकप्रद सेयर खुल्यो

११ भदौ, काठमाडौँ । अरुण काबेली पावरले शतप्रतिशत हकप्रद सेयर साेमबारदेखि बिक्री खुला गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर निष्कासन गरेको हो।

कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।

बुक क्लोजको आधारमा असार २४ गतेसम्म कायम शेयरधनीहरू मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन योग्य भएका छन् । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । शेयरधनीहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

साथै अरुण काबेली पावरको कार्यालय र मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्