समाचार

किसानकी छोरी भएकोले कृषि समितिको सभापति रोजें : आरजु देउवा

१० भाद्र २०८०, आईतवार १३:१८
किसानकी छोरी भएकोले कृषि समितिको सभापति रोजें : आरजु देउवा

१० भदौ, काठमाडौँ । नेपाली काँग्रेस नेतृ डा.आरजु राणा देउवाले सहकारीको अनियमिततालाई व्यवस्थित गर्नुपर्ने चुनौती रहेको बताएकी छन् ।

आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उमेदवारी दिइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले समितिले सरकारको विभिन्न मन्त्रालयहरूलाई निर्देशन दिने र जनतालाई दिने सुविधाका बारेमा सरकारको काम कारबाहीप्रति जवाफदेही बनाउनुपर्ने बताइन् ।

राणाले भनिन्, ‘समितिमा मसिनोसँग आफूलाई मन लागेको विषयमा काम गर्न पाइन्छ । समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरुलाई उनीहरुको रिपोर्ट लिने, संविधानअनुसार मन्त्रालय अघि बढेको छ की छैन, साथै जनताको सहजता भएको छ की छैन ? जनताको जीवन र दैनिकीसँग सम्बन्धित विषयहरु हुन्छन् । काम गर्ने धेरै ठाउँ छ । सहकारीको अनियमितता धेरै छ । जुन उद्देश्यले खोलिएको थियो, त्यस्तो गतिमा नहिँडि अर्कै रफ्तारमा हिँडेको छ, त्यसलाई नियन्त्रण गर्नुपर्ने छ ।’

उनले आफू कृषकको छोरी भएका कारणले पनि कृषि समितिको सभापति रोजेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्