१० भदौ, काठमाडौँ । सरकारले सात वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई काठमाडौंमा सुविधासम्पन्न आवास भवन तयार गरेको छ।
सहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजनाले ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि तयार गरेको सरकारी निवास आज हस्तान्तरण गर्दैछ।
दिउँसो आयोजनाले यी भवन हस्तान्तरण गरेपछि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुले काठमाडौं आउँदा यिनै भवनमा बस्न पाउनेछन् । आयोजना प्रमुख मचाकाजी महर्जनका अनुसार करिब ७० करोड रुपैयाँभन्दा बढीको लागतमा ७ वटा भवनसहित १४ वटा ब्लकहरु बनाइएको छ ।