काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट अलग भएका पौडेलले मतदानमा पनि भाग नलिने भएका हुन् । उनले मतदानका लागि जानुहुन्न । नजाने निर्णय गरिसक्नुभएको छ । उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए । पौडेलले प्रतिनिधिहरूलाई विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।
पौडेल निकट स्रोतका अनुसार कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुँदैछ। निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ ।
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । सभापति पदमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङको उम्मेदवारी कायम छ ।
यसैगरी एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको छ।