समाचार

आखिर किन लिएन रामचन्द्र पौडेलले मतदानमा भाग

२७ मंसिर २०७८, सोमबार ०४:०६
आखिर किन लिएन रामचन्द्र पौडेलले मतदानमा भाग

२७ मंसिर, काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीको नयाँ नेतृत्व चयनका लागि आज हुन लागेको चुनावमा सहभागी नहुने भएका छन्।

काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट अलग भएका पौडेलले मतदानमा पनि भाग नलिने भएका हुन् । उनले मतदानका लागि जानुहुन्न । नजाने निर्णय गरिसक्नुभएको छ । उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए । पौडेलले प्रतिनिधिहरूलाई विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।

पौडेल निकट स्रोतका अनुसार कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुँदैछ।  निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ ।

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । सभापति पदमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङको उम्मेदवारी कायम छ ।

यसैगरी एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको छ।

प्रतिक्रिया दिनुहोस्