समाचार

प्रधानमन्त्री प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरे- शेखर कोइराला

९ भाद्र २०८०, शनिबार १२:५१
प्रधानमन्त्री प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरे- शेखर कोइराला

९ भदौ, चितवन । कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

विराटनगरमा नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले धार्मिक सद्‌भाव लड्खडाइरहेको अवस्थामा प्रधानमन्त्री दाहालले थप द्वन्द्व निम्त्याउने प्रयास गरेको आरोप लगाएका हुन् ।

प्रतिनिधिसभा सदस्य कोइरालाले भने, ‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्त्याउने प्रयास प्रधानमन्त्रीले गरिसक्नु भएको छ । परिस्थिति धार्मिक खासियत लड्खडाएको छ ।’

पछिल्लो समय सुनसरीको धरानमा भएको घटनाले मुलुकमा असर गर्ने बताउँदै उनले भने, ‘मुलुकमा कुनै पनि धर्मको बाहूल्यता नभएपछि संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न सकिँदैन । संविधानमा नलेखिएका कुरा बाहिर कदापी स्वीकार्य हुँदैन । कुनै पनि प्रकारको सद्भाव खलबल्याउने कार्य हुनु हुँदैन ।’

कोइरालाले मुलुक अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको पनि बताए । ‘यहाँ देखिएको सुन तस्करीले विश्वलाई केन्द्रित गराएको छ । सुनकाण्डमा भारत र चीन देखिएका छन् । तर अरू मुलुकले समेत चलखेल गर्दै आएका छन्’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्