९ भदौ,काठमाडौँ । पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएपछि बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा सञ्चालनमा रहेको सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै बाग्मती प्रदेश अन्तर्गत १३ जिल्लाको सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको जनाएको छ ।
काठमाडौंउपत्यकाबाहिरको हकमा अर्थात् उपत्यका बाहेकको स्थानमा चल्ने सवारी साधनको भाडादर पाँच दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ। जसअनुसार अब काठमाडौं उपत्यकामा पाँच किमीसम्मको न्यूनतम भाडादर रु एकले बढेर रु १९ कायम गरिएको सो मन्त्रालयले जनाएको छ।
त्यसैगरी उपत्यकामा १० किमीसम्मको लागि रु २६, १५ किमीसम्मको रु ३१, २० किमीसम्मको रु ३५ र २० किमीभन्दा माथिका लागि रु ४० भाडादर कायम गरिएको छ।
मन्त्रालयको सूचनामा काठमाडौं उपत्यकाबाहिर प्रदेशका विभिन्न स्थानमा चल्ने यात्रुवाहक सवारी साधनको साविक भाडामा पाँच दशमलव ३१ प्रतिशतले वृद्धि गरिएको जनाइएको छ।
मन्त्रालयको सूचनामा काठमाडौँ उपत्यकाबाहिर प्रदेशका विभिन्न स्थानमा चल्ने यात्रुवाहक सवारी साधनको साविक भाडामा पाँच दशमलव ३१ प्रतिशतले वृद्धि गरिएको जनाइएको छ ।
यसैगरी पेट्रोलियम पर्दाथबाट चल्ने ट्याक्सीको भाडादर तीन दशमलव ४४ प्रतिशत र मालवाहक सवारी साधको भाडादर प्रतिकिमी प्रतिटन सात दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ ।