समाचार

कमल थापाले राजसंस्था किन छाडे, फेरि किन समाते?

९ भाद्र २०८०, शनिबार ०१:२३
कमल थापाले राजसंस्था किन छाडे, फेरि किन समाते?

९ भदौ,काठमाडौँ । गिता छोएर पार्टी नफुटाउने कसम खानेदेखि राजसंस्था छाड्ने गरि राजनीतिक लाइन समात्नेसम्मका नेता हुन, कमल थापा । थापा उपप्रधान मन्त्री र पटक–पटक मन्त्री बने ।

काठमाडौंमा शुक्रबार केन्द्रीय समिति बैठक राखेर अध्यक्ष कमल थापाले पार्टीको विचार अबदेखि संवैधानिक राजसंस्था हुने निर्णय गराए।शुक्रबार काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा अध्यक्ष थापाले आफ्नो पार्टीले संघीय गणतन्त्रको अन्त्य र राजसंस्थासहितको प्रजातन्त्र पुनस्र्थापनाको कार्यनीति लिएको घोषणा पनि गरे ।

पार्टीको हालै सम्पन्न केन्द्रीय कार्य समिति बैठकले मुलुकलाई संकटबाट जोगाउन राजासहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्र, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, समानुपातिक एवम् समावेशी व्यवस्था र सुशासनसहितको नेपाली संस्करणको मौलिक प्रजातन्त्र विकल्पको रुपमा प्रस्तुत गरेको पनि जानकारी दिए ।

अभिभावक संस्था चाहिने स्पष्ट खुलाएका उनले राजसंस्थाको एजेन्डा त्याग गरेका थिए। तर फेरि किन समाते भन्ने औचित्यको भरपर्दो कारण नदिए पनि राजनीतिक माइलेजका लागि उनले राजसंस्था अपरिहार्य रहेको उल्लेख गरेका छन्।

राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि आक्रोशित भएका उनले आवेगमा राजसंस्थाको एजेन्डा त्याग गरेका थिए। उनी राप्रपा परित्याग गर्दै राप्रपा नेपाललाई जीवित गराई अध्यक्ष बनेका थिए। त्यसबेला उनले आफूलाई पराजित गर्नका लागि दरबार सक्रिय भएको आरोप समेत लगाए। जबकिगणतन्त्र नेपालको ओली नेतृत्वको सरकारमा उनी समर्थनसहित उपप्रधान र परराष्ट्रमन्त्री पनि बनेका थिए।

२०७८ फागुनमा अध्यक्षबाट लाक्पा तामाङलाई राजीनामा गर्न लगाएर राप्रपा नेपालको नेतृत्व लिएयता उनी ‘न राजावादी, न गणतन्त्रवादी’ देखिएका थिए । पार्टी विधानमा आदर्श पुरुषका रूपमा पृथ्वीनारायण शाहलाई सम्मान गर्ने र उनीबाट प्रतिपादित ‘दिव्य उपदेश’ लाई मार्गदर्शक सिद्धान्तका रूपमा ग्रहण गर्ने उल्लेख छ । शनिबार सम्पन्न केन्द्रीय समिति बैठकबाट थापाले पार्टीलाई संवैधानिक राजतन्त्रकै एजेन्डामा फर्काएका छन् ।

‘२०७८ पछि विशिष्ट परिस्थितिमा पुनर्जागृत राप्रपा नेपालले राजसंस्था पुनःस्थापनालाई पार्टीको कार्यनीति बनाएन,’ केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘राप्रपा नेपालको मूलभूत विचार संवैधानिक राजसंस्थासहित प्रजातन्त्र हुनेछ, राजसंस्था पुनःस्थापना पार्टीको कार्यनीति हुनेछ ।’ राजसंस्थामा फर्किने घोषणा गर्दा स्वागतमा नेता–कार्यकर्ताले ताली बजाउँदै हुटिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्