समाचार

केहि ठाउँमा भारी वर्षाको सम्भावना, अन्य ठाउँको मौसम कस्तो रहला ?

९ भाद्र २०८०, शनिबार ०१:१५
केहि ठाउँमा भारी वर्षाको सम्भावना, अन्य ठाउँको मौसम कस्तो रहला ?

९ भदौ,काठमाडौँ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केही स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् गंगा नगरकोटीका अनुसार न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएकाले शनिबारदेखि मौसममा क्रमिक सुधार हुने पूर्वानुमान् गरिएको छ।

न्यूनचापीय रेखा भने सरदरस्थान भन्दा उत्तरतर्फ नै  छ । ‘न्यूनचापीय रेखा उत्तरतर्फ रहेपनि जलवाष्पयुक्त वायु कम आउने भएकाले क्रमिक रूपमा सुधार हुँदै जान्छ,’ उनले भनिन्।

अहिले नेपालमा भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू-भागमा रहेको न्यूनचापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ।

महाशाखाका अनुसार अहिले कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केहि स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्