७ भदौ,काठमाडौँ । कैलालीको टीकापुर घटनाको सम्झनामा थारु कल्याणकारीणी सभा, थरुहट थारुवान संयुक्त संघर्ष समिति लगायतका संघसंथाहरुले काठमाडौंमा विद्रोह सभा गरेका छन्।
२०७२ भदौ ७ गते थरूहट आन्दोलनकारी र प्रहरीबीच कैलालीको टीकापुरमा भएको घटनालाई लिएर उनीहरूले टीकापुर विद्रोह सभा गरेका हुन् ।
विद्रोह सभामा सहभागीहरूले टीकापुर घटनाको झुटा मुद्दा फिर्ता गर्नुपर्ने, निर्दोष राजबन्दीहरूलाई रिहाई गर्नुपर्ने, देवीराम शर्मा र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संवैधानिक व्यवस्था अनुसार थारू कलष्टरसहितको संघीय निजामती सेवा विधेयक पारित गर्नुपर्ने लगाएतका माग राखेका थिए ।